काठमाडौं : गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो।धेरै कलाकारहरू आफ्नो आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम शाही लगायतका कलाकार कांग्रेस प्रवेश गरे।स्थानीय तह निर्वाचन २०७९ को मिति तोकिएसँगै राजनीतिक गतिविधि थप बढ्दै गयो। कलाकारहरू