आज शुक्रवार ईस्वी संवत् २०२१ को अन्तिम दिन हो । भोलिबाट नयाँ वर्ष २०२२ शुरू हुँदैछ । यस अवसरमा विगत एक वर्षमा विश्वमा भएका प्रमुख घटनाक्रमको चर्चा गरिनेछ ।
यो वर्ष पनि कोरोनाभाइरसको प्रकोप कायम रह्यो । कोभिडको दोस्रो लहर आएपछि नेपाल लगायत धेरै देशमा पुनः लकडाउन लगाइयो ।
अहिले कोरोनाको ओमिक्रोन भेरिएन्टले गर्दा तेस्रोपटक लकडाउन लगाउन देशहरू बाध्य भएका छन् ।
तर सौभाग्यवश मानिसहरूले कोभिडविरुद्धको खोप लगाउन पाए । सामान्यतया कुनै पनि रोगको खोप बन्न १० देखि १५ वर्ष लाग्ने गरेको भए पनि कोभिडविरुद्धको खो...