काठमाडौँ। काठमाडौँ उपत्यकामा आज बिहानैदेखि न्यूनतम तापक्रम निकै कम रहेको छ। आज बिहानैबाट घाम लागे पनि बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ।
बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।