जल तथा मौसम विज्ञान विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ भने जुम्लाको माइनस ४.९ डिग्री सेल्सियस पुगेको छ ।त्यस्तै डडेलधुराको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस, ओखलढुंगाको ८.४ डिग्री सेल्सियस, र ताप्लेजुङको ९ डिग्री सेल्सियस मापन गरिएको छ । विभागले काठमाडौँको तापक्रम घटेर शुन्य डिग्री वा माईनससम्म नै पुग्न सक्ने आँकलन गरेको छ । विभागले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।