राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएकी छन् । तीनवटै सरकारसहित शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले मात्रै सार्वजनिक शिक्षामा सुधार आउन सक्ने उनको भनाइ थियो ।