तालिबान लडाकूहरूले द्रुत गतिमा अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ मानवीय संकट आइलागेको छ र हजारौं मानिस भाग्न खोजिरहेका छन् ।
यसपछि अफगानिस्तानको विशाल खानीका विषयमा सबैको ध्यान केन्द्रित भइरहेको छ । त्यस खनिजस्रोतलाई दोहन गर्न सके अफगानिस्तानको आर्थिक समृद्धि पक्का हुन्छ ।
अफगानिस्तान संसारको सबभन्दा गरीब मुलुकमध्ये एक हो । तर सन् २०१० मा अमेरिकाका सैन्य अधिकारी तथा भूगर्भविद्हरूले मध्य र दक्षिण एसियाको बीचमा भएको उक्त देशमा लगभग १ खर्ब डलर बराबरको खनिज पदार्थ रहेको पत्ता लगाएका थिए ।
देशका विभिन्न प्...