काठमाडौं : 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलरलाई युट्युबमा १० लाख पटक हेरिएको छ। बुधबार सार्वजनिक भएको ट्रेलर एकै दिनमा १० लाख पटक हेरिएको हो। ट्रेलरमा १ लाखभन्दा बढी लाइक रहेको छ भने कमेन्ट ४ हजार पुग्न लागेको छ। युट्युबबाहेक फिल्मको ट्रेलर फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा पनि निकै रुचाइएको छ। योसँगै कबड्डी ४ को ट्रेलर लकडाउनपछि एकै दिनमा सबैभन्दा बढी पटक हेरिएको नेपाली फिल्मको ट्रेलर पनि बनेको छ। यसले फिल्मलाई लिएर दर्शकको व्यग्रता पनि देखाएको छ।कबड्डी सिरिजको अन्तिम फिल