धनुषाको नगराईन नगरपालिकामा ३ वटा मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ । नगराईन नगरपालिका–२ को राप्रवि जटही (क) र (ख) मतदान केन्द्रको गणना भइरहेको बेला मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको छ । दस्तखत बिनाको मतपत्र भेटिएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरी सहित ११ जनाले गणना रोक्न आग्रह गरेका थिए । उप–स्वास्थ्य चौकी रामबाग (ख) को मत पेटिकामा पनि मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएको छ । मतदाताभन्दा धेरै मतपत्र भेटिएपछि ‘हाललाई मतगणना कार्