काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताउनुभएको हो । धनीका छोराछोरीले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा उपचार र शिक्षा ...