काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा पुस्तक विमोचन समारोहमा उपराष्ट्रपति पुनले समाजमा धनी र गरिवबीच शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभेद रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै राजनीतिक संघर्षहरु भए पनि जनताले अपेक्षा गरेअनुसारको सामाजिक परिवर्तन हुन नसकेको बताउनुभयो […]