उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रवार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताएका हुन् ।धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भएपनि गरिबहरुले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उनले बताए । सबैले बिना भेदभाव सर्वसुलभ रुपमा स्वास्थ्योपचार र