दमकल किन्न महोत्सव

सिन्धुली जिल्लामा आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव आयोजना गरी दमकल खरिद गर्ने तयारी गरिएको छ । कमलामाई नगरपालिका र सिन्धुली उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा पुस ८ देखि १८ गतेसम्म छैटौँ सिन्धुली महोत्सव–२०७९ आयोजना गरी दमकल खरिद गर्ने योजना बनाइएको छ । “पुस ८ देखि १० दिनसम्म छैटौँ सिन्धुली महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ,” सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भन्नुभयो । महोत्सवको मुख्य उद्देश्य रकम जुटाएर शक्तिशाली दमकल किन्ने योजना बनाइएको छ ।

सम्बन्धित सामग्री

आगलागीजन्य विपद् रोकथामको पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायत विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको बताएको छ । प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महीना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगलागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवी तयार पार्न अभ्यास जारी रहेको बताए । यसका लागि स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको जानकारी उनले दिए । छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेष रूपमा सचेत हुन पनि अनुरोध गरेका छन् । ‘पछिल्लो एक हप्ता पानी परेकाले आगलागी कम भएको छ,’ उनले भने, ‘तर अहिले पानी पर्न छाडेपछि यस्ता घटना बढ्ने भएकाले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको छ ।’ आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले जानकारी दिए । मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको उनको भनाइ छ । नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरीद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको बताए । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेर समेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए । यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको भन्दै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक स्वयंसेवी स्वत:स्फूर्त रूपमा फारम भरेर सहभागी हुन सक्ने बताइन् । त्यसका लागि उनीहरूले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्नेछ । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उनले जानकारी दिइन् । रासस

भित्री सहरलाई उपयोगी तीन दमकल आए, थप किन्न १२ करोड बजेट

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री सहरका लागि उयपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो । एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु […]

दमकल किन्न गाउँपालिकाको बेवास्ता

२९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही साँझ पाँचथरकै कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा पनि आगो लाग्यो । एक घर र ५ पसल जल्दा ९० लाख रुपैयाँ बढीको क्षति भयो ।

दमकल किन्न गाउँपालिकाको बेवास्ता

२९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही साँझ पाँचथरकै कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा पनि आगो लाग्यो । एक घर र ५ पसल जल्दा ९० लाख रुपैयाँ बढीको क्षति भयो ।

कानमा ठाेक्किएकाे त्याे आवाज ‘डोजर चैँ किन्न सक्न्या, एक दमकल किन्न नसक्न्या?’

कात्तिक २९ गते रातको पौने बाह्र भैसकेको थियो। मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा भीषण आगलागी भयो। ठिल्ले लामाको घरमा बालेको सानो दियोले थाकेर सुतेको बजारलाई उठ्न बाध्य पार्‍यो। रातभर बजार सुत्न पाएन। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासी हात पोल्दा, जस्ताले खुट्टा काटिँदासम्म आगो निभाउन तल्लीन भए। उद्धारमा लागेका दुई जनालाई त […]

नागरिकलाई दमकल छैन, मेयरलाई ७० लाखको गाडी !

दमक । आगोले जलेर शिवसताक्षी नगरपालिका-७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।    घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने ...