२९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही साँझ पाँचथरकै कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा पनि आगो लाग्यो । एक घर र ५ पसल जल्दा ९० लाख रुपैयाँ बढीको क्षति भयो ।
सदरमुकामको मध्य भागमा आगलागी भएको घटनामा नगरपालिकाले लापर्बाही गरेको भन्दै बझाङ सदरमुकाम चैनपुरका व्यापारीले बजार बन्द गरेका छन् । जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड बढीको क्षति भएको र विपद् प्रतिकार्यमा नगरपालिकाले बेवास्ता गर्दा अरु व्यापारी पनि असुरक्षित भएको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएका हुन् ।