काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको निर्णय सुनाउनका लागि टोली नेता चयन भएको छ। बैठकमा पेश भएको प्रतिवेदनमाथि छलफल गर्नका लागि १० समूहमा छुट्याएको थियो। समूहगत छलफलपछि निष्कर्ष सुनाउने क्रम जारी रहेको केन्द्रीय सदस्य महेश बस्नेतले बताए। समूहगत छलफलपछि प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापाले आफ्नो समूहको छलफलको