कर्मचारी पक्राउपछि मालपोत कार्यालयबाट सेवा पाउन मुस्किल

बाँके : जिल्ला भूमि व्‍यवस्था तथा मालपोत कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। कुल ५१ जना कर्मचारीमध्ये ११ जना पहिलेदेखि नै नभएको र १० जना कर्मचारी सरकारी जमिन किर्ते गरी व्‍यक्तिको नाममा रजिष्ट्रेशन पास गरेको आरोपमा पक्राउ परेपछि ३० जना कर्मचारीको भरमा कार्यालय संचालन भइरहेको कार्यालय प्रमुख प्रे...

सम्बन्धित सामग्री

सबै मालपोत कार्यालय विद्युतीय प्रणालीमा आबद्ध गर्दै सरकार

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरूपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विद्युतीय प्रणालीमा आबद्ध नभएका कार्यालयलाई वैशाख २ र आगामी असार मसान्त गरी दुई चरणमा यो काम सम्पन्न गर्न निर्देशन दिइसकेको जानकारी दिए । भूमि व्यवस्थापन विभागका महानिर्देशक पद्मनिधि सोतीले सबै कार्यालयले विद्युतीय सूचना प्रणालीको प्रयोग गरी सेवा प्रवाहलाई चुस्त र सदाचारयुक्त बनाउन प्रयास भइरहेको बताए । मन्त्रालयका सचिवसहितका पदाधिकारीको सहभागितामा भर्चुअल प्रणालीबाट सञ्चालित कार्यक्रममा विभागका सूचना प्रविधि निर्देशक राजकुमार महर्जनले सूचना प्रविधिको प्रयोगमा आउने प्राविधिक समस्या विभागले तत्काल सम्बोधन गर्ने विश्वास दिलाए । पछिल्लो समय मन्त्रालयले मालपोत र नापी कार्यालयका कर्मचारीसँग नियमित सम्पर्क गरी काम चुस्त बनाउन समन्वय संयन्त्रलाई प्रभावकारी बनाउन जुममार्फत सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकमा जग्गा रोक्का राख्ने प्रणाली पनि अब अनलाइनबाटै हुने भएको छ । विभागले यसअघि मेगा बैंकसँग यस्तो सम्झौता गरेकामा अब प्राइम बैंक, कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बंैक र अरू बैंक पनि यसमा आबद्ध हुँदै गएको जानकारी दिइएको छ । रासस

कर्मचारी अभावमा सेवा प्रभावित

म्याग्दी, साउन ३१ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ। विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन्। चाररचार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए। ‘सरुवा भएर गएका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नआउँदा जनशक्ति अभाव भएको […]

कर्मचारी अभावमा सेवा प्रभावित

काठमाडौँ । जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ ।  विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यालयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन् । चार÷चार खरिदार, नायब सुब्बा र एक लेखापालको पद रिक्त रहेको मालपोत अधिकृत कृष्णबहादुर कार्कीले बताए।  मालपोतमा दरबन्दी अनुसारको पदपूर्तिका लागि मन्त्रालय र लोक सेवा आयोगमा माग […]

कर्मचारी अभावमा सेवा प्रभावित

जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ।

कर्मचारीमा कोरोना, मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द

मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए

कर्मचारी संक्रमित भएपछि विराटनगरको मालपोत कार्यालय बन्द

विराटनगर, २ माघ । विराटनगरको मालपोत कार्यालय अनिश्चितकालको लागि बन्द भएको छ । कार्यालयका ६ जना कर्मचारी संक्रमित भएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जानकारी दिँदै कार्यालयले एक सुचना जारी गरेको छ । सुचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान […]

मालपोत र भूमिको काम एकै ठाउँबाट

मोरङ- मालपोत कार्यालय विराटनगर र भूमि सुधार कार्यालयले प्रदान गर्ने सेवा एकै स्थानबाट सुरु भएको छ । विगतमा भूमिमा हुने कामका लागि सेवाग्राही पुग्दा कर्मचारी मालपोत कार्यालयमा गएको र मालपोत कार्यालयमा कामका लागि पुग्ने सेवाग्राहीलाई कर्मचारी भूमि सुधार कार्यालय गएको व्यवहार कर्मचारीले देखाउने गर्दा सेवाग्राही निकै मर्कामा पर्ने गरेका थिए । विसं २०१३ मा निर्माण […]

कर्मचारीमा कोरोना देखिएपछि बन्द सुर्खेत मालपोत कार्यालय आइतवारदेखि सञ्चालनमा

भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले संक्रमित कर्मचारी निको भएकाले आइतवारदेखि सेवा सञ्चालन गर्ने बताए ।  कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।  मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका,मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ ।  गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ । रासस

सुर्खेतमा मालपोत कार्यालय आइतबारदेखि सञ्चालन हुने

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए ।कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्

कर्मचारीमा संक्रमण भएपछि सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

भदौ २, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।  सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।  ‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीहरुमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ ।’ सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरीदविक्रीको कारोबार बढी हुने गरेको हो । रासस