रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने भएको छ । जेठ २२ गतेको सञ्चालक समिति बैठकले इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो ।  कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । वार्षिक साधारण सभाबाट पारित गराएपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति

काठमाडौं ।  रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको सहमति पाएको छ । विद्युत् नियमन आयोगको वैशाख ३ गतेको पत्रअनुसार कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रारम्भिक सहमति प्राप्त भएको हो । अब कम्पनीले साधारण सभामा हकप्रद निष्कासनको प्रस्ताव पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ ।  कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निणर्य गरेको थियो । कम्पनीले बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतित हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डको स्वीकृतिपछि मात्रै शेयर निष्कासन गर्नेछ ।

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनका लागि आयोगको स्वीकृति

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव वार्षिक साधारण सभामा पेश गर्न बाटो खुला भएको छ । विद्युत् नियमन आयोगले स्वीकृति दिएसँगै कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न बाटो खुला भएको हो । कम्पनीले माघ २५ गते आयोगसँग हकप्रद निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति मागेको थियो । आयोगको फागुन १७ गतेको १८७औं बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५० करोडको आधारमा ५० प्रतिशत दरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि स्वीकृति माग्नेछ । बोर्डले स्वीकृत गरेपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।

सिनर्जी पावरले बोलायो विशेष साधारण सभा, ५० % हकप्रद शेयरको प्रस्ताव

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले फागुन ४ गते विशेष साधारण सभा बोलाएको छ ।  गत माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । कम्पनीले सभामार्फत जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र प्रबन्धपत्र संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख ७५ हजार रहेको छ ।  विद्युत् नियमन आयोगबाट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि माघ १२ गते स्वीकृति प्रदान गरेको थियो । अब विशेष साधारण सभाबाट पारित गरेपछि कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाउनेछ ।

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, हकप्रद शेयर निष्कासनको विषय अझै अन्योल

फागुन ६, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । कोभिड जोखिमका बीच कम्पनीले भर्चुअल माध्यमलाई समेत जोडेर सभा सम्पन्न गरेको हो । कम्पनीले सभाबाट गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरेको छ । २०७७ साल साउन ४ गते सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीले गत वर्षनै ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि सारेको थियो ।  त्यस अवधिमा नियमक निकाय बीमा समितिको निर्देशनमा स्थगित गरेको उक्त प्रस्ताव हालसम्म पनि अन्योल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ ।  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. ११ करोड ८० लाख र बीमा कोषमा रू. १३ करोड ५३ लाख रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ७९ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको छ ।

मात्र दुई ओटा कम्पनी हकप्रद निष्कासन स्वीकृतिको पर्खाइमा !

माघ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हाल दुई ओटा कम्पनीहरु मात्र हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका छन् ।  अपि पावर र नेपाल फाइनान्स लिमिटेड हकप्रद शेयर निष्कासनको स्वीकृतिको पर्खाइमा रहेका हुन् । अपि पावरले २०७८ साल असोज २५ गते र नेपाल फाइनान्सले २०७८ साल कात्तिक १ गते बोर्डमा हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएका थिए ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले यस वर्ष वितरण गर्ने निर्णय गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयरपश्चात कायम चुक्तापूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विद्युत् नियमन आयोगले कम्पनीको बोनस पश्चात कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति दिएको हो ।  अपि पावरले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।  त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । नेपाल फाइनान्सले यसअघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त गरे पश्चात कायम भएको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बोर्डको वेवसाइटलाई आधार मान्दा यी दुवै कम्पनीको हकप्रद शेयर स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । यतिबेला बीमा कम्पनीहरुको पूँजी वृद्धि र जलविद्युत् कम्पनीहरुले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउने भएपनि निवेदन प्रकृयामा मात्र दुई कम्पनी बाँकी रहेका छन् ।  यस वर्ष धेरै जसो जलविद्युत् कम्पनीहरुले वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाले आगामी दिनमा बोर्डमा हकप्रदको निवेदन बढ्ने सम्भावना देखिन्छ । हाल प्राथमिक बजारमा भने दुई कम्पनीको हकप्रद शेयर निष्कासनमा रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा रहेको हो ।  कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्मका लागि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । त्यस्तै छ्याङ्दी हाइड्रोपावर लिमिटेडले माघ ११ गतेदेखि फागुन २ गतेसम्मका लागि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

सिनर्जी पावरको हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

भदौ २४, काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८० करोड ६५ लाख ७५ हजारको आधारमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।  यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले बोनस शेयरसँगै र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गरेको छ ।  सोही सभाले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा २ बराबर १ को  अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसमेत पारित गरेको थियो ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ८ करोड २७ लाख ४९ हजार खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ८ करोड ३५ लाख ७७ हजार रहेको छ ।  विद्युत् विक्रीबाट गत चौथो त्रैमाससम्म कम्पनीले रू. २० करोड १५ लाख ७५ हजार आम्दानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ४० रहेको छ ।

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो