काठमाडौँः रौतहट जिल्ला अदालतले सामूहिक व्यक्ति हत्यासम्बन्धी मुद्दामा पूर्व मन्त्री एवं काँग्रेस सांसद् मोहम्मद अफताब आलमलाई शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको छ। एक साता लामो बहसपछि शुक्रवार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो।
निकै क्रूर रूपमा घटाइएको ०६४ को बम विस्फोटको घटनामा आलमलाई