नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेश ४२ ओभर दुई बलमा एक सय ४२ रन बनाएर अलआउट भयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्यान्ड्सको जारी विश्व कपमा दोस्रो जित हो । जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको बङ्लादेश नवौँ स्थानमा ...

सम्बन्धित सामग्री

विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन्  । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्याे । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ ...

अस्ट्रेलियासँग पराजित भएसँगै इङ्ल्यान्ड विश्व कपबाट बाहिरियो

काठमाण्डाै - साविक विजेता इङ्ल्यान्ड भारतमा चलिरहेको एकदिवसीय विश्व कपबाट बाहिरिएको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो । इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाक...

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

टी–२० विश्व कप : फाइनल पुग्न आज भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाकाे एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाव्बेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यस्तै इङ्ल्यान्ड अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको...