विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन्  । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्याे । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ ...

सम्बन्धित सामग्री

टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा एक स्थान सुधार

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ । आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ ...

विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारतको अवस्था ‘गम्भीर’

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) सन् २०२२ को सूचीमा भारत १ सय ७औँ स्थानमा झरेको छ । भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७औँ स्थानमा झरेको हो । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा भोकमरी सूचकाङ्क प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् । गएको वर्ष १ सय १औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरु नेपाल, श्रीलङ्का, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार नेपाल ८१, श्रीलङ्का ६४, म्यानमार ७१, बङ्लादेश ८४ र पाकिस्तान ९९औँ स्थानमा रहेका छन् ।...