नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।