रोचक किस्सा : जब चंकी पाण्डेलाई व्यापारीको मृत्युमा रुनका लागि अफर गरियो लाखौं रुपैयाँ

फिल्मी दुनियाँका कलाकार विवाह, ब्रतबन्ध, वैवाहिक वर्षगाँठ, जन्मदिनजस्ता कार्यक्रममा उपस्थित भएको देख्नुभएकै होला । यस्ता कार्यक्रममा उनीहरुले कतिपटक त प्रस्तुती पनि दिने गर्छन् । यसका लागि उनीहरुले मोटो रकम असुल्ने गर्छन् । तर कहिल्यै कलाकारलाई कसैको मृत्युमा सरिक भइदिनुपर्यो भनेर निमन्त्रणा पनि आउँछ भन्ने तपाईंलाई थाहा छ  ? सुन्दा अचम्म लाग्ला तर यो कुनै नौलो कुरा भने होइन । बलिउड कलाकार चंकी पाण्डेले पनि यस्तै निमन्त्रणा पाएका थिए । चंकी पाण्डेको जन्मदिन (२६ सेप्टेम्बर १९६२) को मौकाम

सम्बन्धित सामग्री

‘आईएमई पे’बाट नेपाल लाइफको बिमा किस्ता भुक्तान गर्दा क्यासब्याक अफर

काठमाडौं । ‘आईएमई पे’मार्फत नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी)को बिमा किस्ता तिर्ने सेवाग्राहीहरूका लागि रोचक अफर ल्याइएको छ । आईएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ !' अफरअन्तर्गत एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको शून्य दशमलव ५ प्रतिशत (अधिकतमरु. २,५०० सम्म) क्यासब्याक पाउनेछन् ।  साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न...

आइएमई पेद्वारा बीमा किस्ता भुक्तानीमा क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । आइएमई पेले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत असार १० गतेदेखि सो एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (एनएलआइसि)को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत […]

‘मेरो घर किन्नुहोस् र मेरा पूर्व पतीलाई पनि राख्नुहोस्’

एक महिलाले आफ्नो घर बेच्ने निर्णय गरेकी छिन् । उनले घर किन्नेहरुलाई डिस्काउन्टको समेत अफर दिएकी छिन् । तर अफर भने रोचक छ । घर किन्नेले उनका पूर्व पतीलाई पनि राख्ने अनुमति दिएको खण्डमा घर सुपथ मुल्यमा पाइने र उनका पूर्व श्रीमानले घरको काममा पनि सहयोग गर्ने बताएकी छिन् ।तीन बेडरुम, दुईवटा बाथरुम, एउटा पूल र हट टब भएको उक्त घर बेच्ने घोषणा ती महिलाले फेसबुकमार्फत् गरेकी हुन् ।फेसबुकमा जुन पोस्ट यो घरका लागि जारी गरिएको छ, त्यस अनुसार घरको मूल्य ५ करोड ३४ लाखभन्दा बढी छ । तर उनको घरमा पूर्व पत

माटोप्रति मोहक एडिक्शन, 'माटो बेचेर पनि राम्रै कमाउन सकिने रहेछ'

काठमाडौं । कुनै समय महँगो मूल्यमा माटाका कलाकृति बेच्ने विनीता बस्नेतको समय अचेल विशालनगरको सेन्ट्रल अपार्टमेन्टअगाडिको विनीता बस्नेत (बीबी) कलेक्शनमा बित्छ ।  नशा बनिसकेको माटोमा कला भर्ने पेशालाई रूपान्तरण गरेर सिल्क साडीमा डिजाइन भर्न थालेपछि उनको मुकाम विशालनगर सरेको हो । नत्र उनी कुपण्डोलतिर हुन्थिन् ।  माटोसँग जोडिएको उनको कथा रोचक छ । ‘माटो रोज्छु भनेर रोजिनँ,’ उनी विगतमा पुगिन् । माटोबाट कलायात्रा शुरू गरेकी विनीताले अध्ययन गरेको कलाकारितालाई नै व्यवसायको रूप दिइन् ।  आफ्नो कलाले कति बेला व्यवसायको रूप लियो उनलाई ठम्याउन गाह्रो पर्छ । उनले भारतको जयपुर र दिल्लीबाट कलामा ग्य्राजुएशन र कमर्शियल आर्टमा स्पेशलाइज्ड गरी सन् १९९८ मा अध्ययन सकिन् ।  त्यसपछि कलालाई नै व्यवसायको माध्यम बनाएकी उनी क्ले क्राफ्टसहित व्यावसायिक यात्राको २४ वर्षमा छिन् ।  भारतबाट अध्ययन सकेर फर्केपछि सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक संगीता थापाले उनलाई माटोसम्बन्धी वर्कशपमा तालीम अफर गरिन् । यो अफर विनीताको बिहेलगत्तै आएको थियो । त्यही वर्कशपले उनलाई माटोको काम अघि बढाउन प्रेरित गर्‍यो । जति पढेलेखेको महिला भए पनि त्यो समयमा बुहारीलाई घरबाहिर काम गर्न र व्यवसाय रोज्न छूट थिएन । यो मामिलामा विनीता निक्कै भाग्यमानी । सासूससुरा र श्रीमानको सहयोगका कारण उनले अध्ययन गरेको कला छोड्नु परेन, बरु व्यवसायमा लाग्ने प्रेरणा मिल्यो ।  ‘कला मैसँग थियो, आवश्यक थियो केबल माध्यमको,’ उनी भन्छिन्, ‘माटोमा लागेपछि म एडिक्टेड नै भएँ, वर्कशप सकेर घर फर्केपछि माटोमै समय बिताउन थालेँ ।’ कुमाल समुदायमा सीमित माटोको व्यवसायमा समस्या रहेको उनी सुनाउँछिन् । उनीहरू निकै क्षमतावान् तर, काम गर्ने ढर्रा पुरानै । माटोको गुणस्तर र डिजाइन विकसित भइसकेको थिएन । अरूले देखाएको बाटोभन्दा पहिचानयुक्त र नयाँ विषयमा केही गर्ने हुटहुटीले माटोलाई कलाको माध्यम बनाएको उनले सुनाइन् ।  यसै क्रममा उनले भक्तपुर, सानोठिमीका कुमालहरूलाई आश्वस्त पारेर आफ्नै छातामुनि ल्याइन् । अनि थालिन्– माटोको डिजाइन गर्न, गुणस्तर सुधार्न र त्यसलाई आवश्यक पर्ने सामग्रीको जोहो गर्न ।  त्यसबेला कुमालहरूले माटोका क्राफ्टलाई नयाँ ढंगबाट लैजाने योजना सुनाउँदा हामी सक्दैनौं भन्थे । तैपनि सानोठिमीकी लक्ष्मी प्रजापति र अन्य केही महिलाले साथ दिए । उनीहरूको मौलिक शीपलाई कलाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमा लैजाने विनीताको योजना थियो । आकर्षक सामग्री बनाउन नेपालको माटो उपयुक्त भने नभएको उनको भोगाइ छ ।  ‘माध्यम नेपाली माटो, डिजाइन र सृजनशीलता आफ्नै तथा रङ बेलायतबाट मगाउँछु भनेर योजना बनाएँ,’ उनले विगत सम्झिइन्, ‘तर पनि बिजनेश गर्ने सोच थिएन, सासूआमाको सहयोगमा घरको छुट्टै कोठामा माटोका प्लेट, टी कपजस्ता सामग्री बनाएर राख्न थालेँ ।’  शोखका लागि बनाएका भाँडाकुँडा घरमा आएका पाहुनाले लैजान्थे । त्यतिबेलासम्म उत्पादनको मूल्य राख्न नसकेको उनको भनाइ छ । सरकार, दरबारका मानिसको आउजाउ हुने उनको घरमा मात्रै सामान राखेर भएन भनेर श्रीमानको सहयोगमा ललितपुरको कुपण्डोलमा आउटलेट खोलिन् । त्यो आउटलेट उनको व्यावसायिक यात्राको पहिलो कदम थियो । माटोका आकर्षक सामग्री बनाउने समूह नै भए पनि विक्री गर्ने ढंग छैन भन्ने लागेर दुई जना कर्मचारी राखेको उनले सुनाइन् ।  हिमालय होटेलनजिक आउटलेट भएकाले ग्राहक विदेशी हुन्थे । सोल्टी होटेलमा बसेका विदेशी पनि सामान किन्न उनको आउटलेट पुग्थे । भर्खर खुलेका टेलिभिजन पनि डेकोरेशनका लागि उनकैमा आउँथे ।  त्यतिबेला उनले ५० हजार रुपैयाँ लगानी गरेकी थिइन् । विक्री राम्रो भएपछि क्ले क्राफ्टमा स्थापित हुन उनलाई गाह्रो भएन ।  अन्य व्यवसायीको भन्दा उनको उत्पादन महँगो हुन्थ्यो । यसको कारण कला, डिजाइन, रङ र राम्रो गुणस्तर हो । ‘आजभन्दा २३ वर्षअघि १ दिनमै लाख रुपैयाँसम्मको सामान बेचेँ,’ उनी उत्साहित देखिन्छिन्, ‘अहिले आश्चर्य लाग्छ, त्यतिबेला माटोका भाँडाको क्रेज निकै थियो ।’ त्यसपछि उनी आउटलेट विस्तार गर्दै भाटभटेनी, ब्लुबर्ड होटेल जस्ता ठाउँमा पुगिन् । ‘मैले माटोमा गुणस्तर र क्रिएटिभिटी दिँदा अरू कुमाल पनि प्रभावित भए,’ उनी भन्छिन्, ‘माटोबाट राम्रै कमाउन सकिने रहेछ भन्ने विश्वास भयो ।’  त्यसपछि नेपालमा माटोमा क्रान्ति नै भएको उनको बुझाइ छ । यो हाम्रो लागि एकदमै राम्रो पेशा हुन सक्छ भन्ने विश्वासको जग चाहिँ त्यही बेला बसेको उनले बताइन् ।  अहिले आर्टमार्फत नेपाली माटो विक्री भएको छ । ‘माटो मूल्यवान वस्तु हो,’ उनी भन्छिन्, ‘यसलाई उपयोग गर्न जान्नुपर्छ ।’ उनले नेपालकै जोनसन रिसोर्टलाई १४ हजार पिस सामग्री बेचेको जानकारी दिइन् ।  सृजनशीलता, डिजाइन र गुणस्तरले उच्च आयवर्गका ग्राहक तान्यो । याक एन्ड यती, हायात जस्ता पाँचतारे होटेल, राजदूतावास हुँदै राजदरबारसम्म क्ले एन्ड क्राफ्टका सामग्री पुगे ।  तर, मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वले क्ले एन्ड क्राफ्टलाई धराशयी बनायो । विदेशी आउन छाडे, होटेलहरू राम्ररी चल्न सकेनन्, उनले बनाउने माटोका सामग्रीको माग घट्यो ।  ग्राहक नपाएर उत्पादन घटाए पनि उनी कहिलेकहीँ शोखका लागि क्ले क्राफ्ट बनाउने गर्छिन् । ‘द्वन्द्वले गर्दा क्ले छोडेँ र त्यससँगै सिकेको साडी डिजाइन तथा उत्पादन बढाएँ,’ उनले भनिन् ।  अहिले हातले बनाएका सिल्क साडी व्यवसायबाट उनी सन्तुष्ट छिन् । ‘मेरो गुरुमन्त्र नै ग्राहकलाई उच्च गुणस्तरका वस्तु विक्री गर्नु हो । गुणस्तरीय हुनुपर्छ, जति महँगो भए पनि माग हुन्छ ।’  कला र सृजनशीलतालाई उनले माटोमा मात्रै सीमित नराखेर सिल्क साडी, ज्वेलरीसम्म पुर्‍याइन् । उनी गरगहना डिजाइन पनि गर्छिन् । कोभिड–१९ का कारण व्यवसाय र लगानी विस्तार गर्ने आँट भने गर्न नसकेको उनले सुनाइन् । क्ले एन्ड क्राफ्टमा फर्किन र साडी उत्पादन बढाउन अझै १ वर्ष कुर्ने मनस्थितिमा छिन् । ‘त्यसपछि व्यवसाय विस्तार गर्ने योजना छ,’ उनले भनिन् ।

एलन मस्क – मोडल आमाका छोरा, एउटै अभिनेत्रीसँग दुईपटक बिहे दुवैपटक डिभोर्स

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ४३ अर्ब डलरमा ट्विटरको पुरै स्वामित्व खरिद गर्ने अफर अघि सरे । मस्कले दिएको उक्त अफरबारे निर्णय भइसकेको छैन । अहिले ट्विटरको बोर्डले सल्लाहपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताएको छ । मस्कको जीवनका पाटाहरू पल्टाएर हेर्दा कथा निकै रोचक छ । दक्षिण अफ्रिकामा […]

ड्यानीलाई जब गार्डको जागिर अफर गरियो

हिन्दी सिनेमाका महान खलनायक भनेर परिचित ड्यानी डेन्जोङग्पाले जीवनको ७४ औं बसन्त पार गरिसकेका छन् । हिन्दीसँगसँगै नेपाली, तामिल, तेलुगु र हलिउड फिल्ममा समेत अभिनय गरेका ड्यानीको यो करियरको यात्रा भने त्यति सहज थिएन । तर, संघर्षहरुका बाबजुद पनि उनी कांचा चीना, बख्तावर, खुदा बख्श जस्ता भूमिकाबाट चर्चित बने । लोकप्रिय भए । सिक्किममा जन्मिएका ड्यानीले बलिउडदेखि हलिउडसम्म नै आफूलाई स्थापित गरे । यो ठाउँसम्म आइपुग्न उनले गरेका संघर्षका कथाहरु निकै रोचक छन् । उनी पनि करियरको सुरुवातमा मुम्बई गए । फ

३१ बर्ष पुगिन् दबंग गर्ल, यस्तो छ उनको रोचक कुरा

सोनाक्षी सिन्हा, जो बलिउडमा आउनुअघि 'हिरोइन' जस्ती थिइनन् । उनको शरीर अस्वभाविक मोटो थियो । तर, सलमान खानले उनलाई आफ्नो होम प्रोजेक्ट 'दबंग'का लागि अफर गरे । ९० केजी तौलकी मोटी सोनाक्षीले आफुलाई हिरोइनमा रुपान्तरण गर्न शरीरको थुप्रै बोसो पगालिन् । उनले करिब ३० केजी तौल घटाइन् । र, हिरोइनको …