केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो

क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन् । यस दौरान अमिताभले कयौँ रोचक किस्सा पनि सुनाएका थिए । केहीबेर उनी भावुक पनि बनेका थिए । दुई दशकको यात्रामा कार्यक्रमले नयाँ आयाम हासिल गर्न सफल भएको छ । कार्यक्रमक