सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको ७४ औं स्थापना दिवसको सन्दर्भमा संघका संस्थापक स्वर्गीय मंगलादेवी सिंहको स्मरण गरिएको छ । २००४ साल साउन २४ गते देशमा प्रजातन्त्रको पुर्नस्थापना, महिला मुक्तिको आन्दोलनका लागि काठमाडौंमा भूमिगतरुपमा नेपाल महिला संगठनको स्थापना गरिएको थियो । तात्कालीन जहाँनिया राणा शाषणकालमा महिलाहरुलाई मतदानको अधिकार समेत दिइएको थिएन, तत् समयमा संस्थापक सिंहले महिला संगठन स्थापना गर्नुभयो । सो संगठनको स्थापना, महिला नेतृत्वको वर्तमान अवस्था र आगामी दिनमा महिला आन्दोलनको विषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग गरिएको संवादमा आधारित आलेख