काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय कानूनको विकासमा शक्तिको भूमिका एशियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानूनको विकासमा […]