विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो । निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी […]

सम्बन्धित सामग्री

सार्वजनिक खरिदमा परामर्श सेवा

सार्वजनिक खरिद ऐनमा सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णय बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन जोड दिइएको छ । सार्वजनिक खरिद प्रक्रियामा बढीभन्दा बढी प्रतिस्पर्धा, स्वच्छता, इमानदारी, जवाफदेहिता र विश्वसनीयता प्रवर्धन गर्नु पर्छ । सार्वजनिक निकायले परामर्श सेवा खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी सेवाप्रदायकलाई भेदभावरहित खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गर्नु पर्छ ।

१५ सय मेगावाटका आयोजनाको पीपीए गर्न निवेदन माग

४ फागुन, काठमाडौं ।  थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्युत खरिद खुला भएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट भएका आयोजनाहरुबाट खरिद सम्झौताका लागि निवेदन र कागजात माग गरेको छ । १५ सय मेगावाट विद्युत किन्ने गरी ग्रिड कनेक्सन एग्रिमेन्टको रोल क्रमअनुसार बिजुली खरिदको सम्झौता (पीपीए) […]

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्री खुला

काठमाडौं, २५ असोज । आजदेखि एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर १० बरावर ३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता निष्काशनमा ल्याएको हो । हकप्रद शेयर खरिदको लागि कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद […]

यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा १८ लाख १४ हजारभन्दा बढीले दिए आवेदन

असार २७, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आइतवारसम्ममा २ अर्ब ९१ करोड ५३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतवार साँझ ५ : ३० बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकले २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारको लागि विक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५ दशमलव शून्य ३ गुणा बढी आवेदन हो । कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।   सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि मात्र आवेदन दिन सकिनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि असार २८ गतेसम्म मात्र विक्रीमा रहनेछ । गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।  हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ७३ करोड ७ लाख १४ हजार रहेको छ भने जीवन बीमा कोषमा रू. ६ अर्ब ९० करोड २ लाख १० हजार रहेको छ ।  यस अवधिसम्म कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो ।

सीमा नाकाको सुविधा (सम्पादकीय)

कोभिड–१९ (कोरोना) महामारीको करिब एक वर्षपछि समाज बिस्तारै पूर्व अवस्थामा फर्कदैछ । सरकारले सञ्चालन गरेका प्रतिरोधात्मक तथा उपचारात्मक पहल, महामारीविरुद्ध विश्वव्यापीरूपमा विकसित खोप, नेपालमा सञ्चालित खोप अभियान, खोप खरिदको गृहकार्यका कारण जनतामा आत्मविश्वास बढेको छ । महामारी नियन्त्रणका लागि नेपालले सुरुमै बन्दाबन्दी (लकडाउन), सीमा बन्द, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रोक लगाएको थियो । यस्ता निर्णय अप्रिय तर बाध्यकारी थिए भन्ने हालका घटनाले पुष्टि गरेका छन् । त्यतिखेर सरकारले लिएका कतिपय यस्ता निर्णयको विरोध पनि गरिएको थियो तर सही बेलाको उचित निर्णयका कारण नेपालले कोरानामाथि विजय प्राप्त गर्दैछ । यसअघिका परिस्थितिमा क्रमशः सुधार हुँदै आएपछि सरकारले ठूला आयोजनाका काम, कृषि कर्म, पसल, व्यापारलगायत विभिन्न क्षेत्र खुला गर्दै आएको हो । अहिले परिस्थितिमा थप सुधार आएकाले विभिन्न सीमा नाका खुला गरि

अन्तःशुल्क स्टिकर खरिदविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले सरकारलाई अन्तःशुल्क स्टिकर खरिदको बाटो खुला गरिदिएको छ । आन्तरिक राजस्व विभागले अघि बढाएको