कोभिड–१९ (कोरोना) महामारीको करिब एक वर्षपछि समाज बिस्तारै पूर्व अवस्थामा फर्कदैछ । सरकारले सञ्चालन गरेका प्रतिरोधात्मक तथा उपचारात्मक पहल, महामारीविरुद्ध विश्वव्यापीरूपमा विकसित खोप, नेपालमा सञ्चालित खोप अभियान, खोप खरिदको गृहकार्यका कारण जनतामा आत्मविश्वास बढेको छ । महामारी नियन्त्रणका लागि नेपालले सुरुमै बन्दाबन्दी (लकडाउन), सीमा बन्द, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रोक लगाएको थियो । यस्ता निर्णय अप्रिय तर बाध्यकारी थिए भन्ने हालका घटनाले पुष्टि गरेका छन् । त्यतिखेर सरकारले लिएका कतिपय यस्ता निर्णयको विरोध पनि गरिएको थियो तर सही बेलाको उचित निर्णयका कारण नेपालले कोरानामाथि विजय प्राप्त गर्दैछ । यसअघिका परिस्थितिमा क्रमशः सुधार हुँदै आएपछि सरकारले ठूला आयोजनाका काम, कृषि कर्म, पसल, व्यापारलगायत विभिन्न क्षेत्र खुला गर्दै आएको हो । अहिले परिस्थितिमा थप सुधार आएकाले विभिन्न सीमा नाका खुला गरि