म्याग्दी : रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गर्न लागिएको हो। भोलिदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि उक्त सडकखण्ड पूर्णरूपमा बन्द हुनेछ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी