पुनःस्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठक प्रचण्ड–नेपाल पक्षले बहिस्कार गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर नेकपा सांसद भीम रावलले प्रतिनिधि सभा विघटन गर्ने सरकारले कुनै प्रस्ताव ल्याउने अधिकार नभएको दाबी गरे ।
रावलले वर्तमान सरकारका प्रधानमन्त्रीको हैसियतमा पनि प्रश्न उठाए ।
‘जुन सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको हत्या गरे, त्यो प्रधानमन्त्रीको हैसियतबारे जानकारी पाउनुपर्छ कि पर्दैन ? अहिले प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ ? त्यसपछि मात्र सरकारले...