काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अअस्थामा फर्कनुरहेको बताउनुभएको छ ।शुक्रवार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताउनुभयो । उहाँले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी ब...