ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको शुभारम्भसँगसँगै प्रदेश नं १ का जनतामा स्थानीयस्तरमै उपलब्ध हुनुसक्ने वैकल्पिक ऊर्जाका प्रविधिहरूबाट आधुनिक ऊर्जाका सुविधा पाउन सकिने अवसर प्राप्त भएपछि उत्साहित बनेका छन् ।
काठमाडौं– सरोकारवालाहरूले नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापनमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेसनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुईदिने दीगो वित्तीय उपकरण व्यवस्थापनसम्बन्धी तालिममा सरोकारवालाहरूले सो कुरा बताएका हुन् । असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ […]
काठमाडौँ, ५ असार । गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उनको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उनीसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो । कहिलेकाहीँ अवसर भाग्य […]
काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) ले नेपाललाई प्रदान गर्ने सहयोगका विभिन्न क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।
नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डौ आइपुग्नुभएका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले नेपालसँगको पुराना साझेदारीलाई निरन्तरता दिँदै नयाँ साझेदारीको कार्यान्वयनमा जोड दिनुभयो ।
नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पुँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको उहाँले भनाइ छ । उहाँले ...
काठमाडौँ – एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो। यो […]
बेरुत । लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली सङ्घबाट ३७ लाख युरो (करिब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्युज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ । लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल […]
लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली संघबाट ३७ लाख यूरो (करीब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ ।
संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्यूज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।
लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनए) ले अधिकारीलाई उद्धृत गरी समाचारमा लेखेक...
मंसिर १५, पेरिस (फ्रान्स) । यस वर्ष विश्वभर करीब २९० गिगावाट नवीकरणीय ऊर्जा क्षमता जडान हुने क्रममा रहेको छ ।
यो अहिलेसम्मकै कीर्तिमानी नयाँ जडान हुने पेरिसस्थित ऊर्जा संगठन अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०२६ मा पृथ्विको नवीकरण विजुली जडान क्षमता ४ हजार ८०० गिगावाटमा पुग्ने बुधवार आईईएले सार्वजनिक गरेको नवीकरणीय बजार प्रतिवेदनमा प्रक्षेपण गरिएको छ ।
यो सन् २०२० को स्तरको तुलनामा ६० प्रतिशत धेरै हुनेछ । प्रतिवेदनले क्षमताले जडान गरिएको नवीकरणीय ऊर्जाले उत्पादन गरिरहेको नभएर उत्पादन गर्न सक्ने विजुलीको अधिकतम् क्षमतातर्फ औंल्याएको छ ।
आगामी वर्षहरुमा नवीकरणीय ऊर्जा क्षमताको वृद्धिमा चीन मुख्य चालकको रुपमा रहने आईईएको अनुमान छ । यसलाई पछ्याउने क्रममा यूरोप, अमेरिका र भारत रहने छन् । सन् २०२६ सम्ममा विश्वको ऊर्जा क्षमतामा हुने वृद्धिमा नवीकरणीय ऊर्जाको अनुपात करीब ९५ प्रतिशत हुने अनुमान आईईएको छ । एजेन्सी
काठमाडौँ। नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने ध्येयले सरकारले नयाँ कानुनी प्रस्ताव गरेको छ । सरकारले हालसम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराई कार्यक्रम कार्यान्वयन गराउँदै आएकोमा अब त्यसलाई रूपान्तरण गरेर नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्र बनाउन प्रस्ताव गरेको छ । यसका लागि तालुकदार निकाय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधेयकको मस्यौदा […]
नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको प्रवद्र्धन गर्न गराउनको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट पेश गरिएको विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीतिको संशोधन प्रस्ताव २०७७ हाल अर्थ मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ ।चालू आव २०७७-०७८ को बजेट भाषणमार्फत ५० हजार घरेलु बायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएता पनि प्रस्तावित अनुदान नीति समयमा नै पारित नहुँदा त्यसको प्रत्यक्ष असर […]