मंसिर १५, पेरिस (फ्रान्स) । यस वर्ष विश्वभर करीब २९० गिगावाट नवीकरणीय ऊर्जा क्षमता जडान हुने क्रममा रहेको छ ।
यो अहिलेसम्मकै कीर्तिमानी नयाँ जडान हुने पेरिसस्थित ऊर्जा संगठन अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०२६ मा पृथ्विको नवीकरण विजुली जडान क्षमता ४ हजार ८०० गिगावाटमा पुग्ने बुधवार आईईएले सार्वजनिक गरेको नवीकरणीय बजार प्रतिवेदनमा प्रक्षेपण गरिएको छ ।
यो सन् २०२० को स्तरको तुलनामा ६० प्रतिशत धेरै हुनेछ । प्रतिवेदनले क्षमताले जडान गरिएको नवीकरणीय ऊर्जाले उत्पादन गरिरहेको नभएर उत्पादन गर्न सक्ने विजुलीको अधिकतम् क्षमतातर्फ औंल्याएको छ ।
आगामी वर्षहरुमा नवीकरणीय ऊर्जा क्षमताको वृद्धिमा चीन मुख्य चालकको रुपमा रहने आईईएको अनुमान छ । यसलाई पछ्याउने क्रममा यूरोप, अमेरिका र भारत रहने छन् । सन् २०२६ सम्ममा विश्वको ऊर्जा क्षमतामा हुने वृद्धिमा नवीकरणीय ऊर्जाको अनुपात करीब ९५ प्रतिशत हुने अनुमान आईईएको छ । एजेन्सी