काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) ले नेपाललाई प्रदान गर्ने सहयोगका विभिन्न क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।
नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डौ आइपुग्नुभएका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले नेपालसँगको पुराना साझेदारीलाई निरन्तरता दिँदै नयाँ साझेदारीको कार्यान्वयनमा जोड दिनुभयो ।
नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पुँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको उहाँले भनाइ छ । उहाँले ...