गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले…