लघुवित्तविरुद्धको संघर्ष समितिको नाममा गलत गतिविधि चलाउने जो कोहीलाई कारबाही गर्न गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन गरेको छ । बिहीबार एक परिपत्र गर्दै मन्त्रालयले लघुवित्तविरुद्ध संघर्ष समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो । मनिराम ज्ञवाली अध्यक्ष रहेको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको अनावश्यक मुद्दा बोकेर लघुवित्तको विरुद्धमा कुप्रचार गर्दै हिँडेको, लघुवित्त संस्था नै खारेज गर्नुपर्छ भन्दै हिँडेको र