कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताए ।अस्पतालका निर्द