शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ । विगतजस्तै यस संस्करणमा