काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । समग्रमा महानगरपालिकाले आगामी आव २०७८/७९ का लागि रु १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको …