गएको हप्ता सिन्धुपाल्चोक जिल्लालगायत देशका विभिन्न भागमा भीषण वर्षासहित बाढीपहिरोको प्रकोप आइप-यो । कोरोना कहालीसँग जुधिरहेको देशमाथि यो अर्को विपत्ति यति कठोर थियो कि सायदै त्यसबाट पीडा महसुस नहुने कोही थिएनन् । रौद्र रूपमा नदीले हेलम्बू बजारलाई बगर मात्र बनाएन कि बाढीको सम्भावनाको सूचना दिने रेडियोको कार्यालयसमेत बाढीको शिकार बन्यो । देशका अन्य भागमा पनि यस्ता दुर्घटना र विपत्तिको अवस्था आयो ।