कृत्रिम व्यवसाय खडा गरी ऋण दिँदा सहकारीमा समस्या

काठमाडौं (अस) । सहकारीहरूले कृत्रिम व्यवसाय खडा गरी ऋण प्रवाह गर्दा उनीहरू सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने गरी समस्याग्रस्त भएको एक प्रतिवेदनले औंल्याएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै निक्षेपकर्ताको बचत सहकारीको उद्देश्य र सिद्धान्त तथा कानूनविपरीत दुरुपयोग गर्दा संस्थाहरू समस्याग्रस्त हुने क्रम बढेको जानकारी गराएको हो । मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा पठाइएका सहकारी संस्थामध्ये ओरेण्टल को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण र लुःनिभा बहुउद्देश्यीयका विषयमा उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ऋण दिँदा जमानत वा सुरक्षण नराखेको, धितोको अस्वाभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिएको जस्ता त्रुटि औंल्याइएको छ । सहकारीका मूल्य, मान्यता र सिद्धान्त, स्व–उत्तरदायी, इमानदारी, पारस्परिक सहयोग जस्ता अवधारणाविपरीत काम गर्दा संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष समितिको छ । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउन तथा निश्चित सिद्धान्त र मापदण्डका आधारमा बचतकर्ताको रकम फिर्ता गर्न समितिलाई निर्देशन दिइन् । उनले सहकारीमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताइन् । समितिका नवनियुक्त अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।   समस्या समाधान गर्न समिति असफल समस्याग्रस्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ उद्देश्यमा असफल भएको छ । समिति गठन भएको चार वर्षमा चारजना अध्यक्ष परिवर्तन भएका छन् । तर, समितिबाट एउटा पनि संस्थाको दायित्व पूर्ण रूपमा फरफारक हुन सकेको छैन । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार सरकारले २०७४ पुस २९ गते ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो । मन्त्रालयले समितिलाई हालसम्म १२ ओटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्या समाधान गर्ने जिम्मेवारी दिएको छ । तर, तीनओटा संस्थाको मात्र आंशिक काम भएको छ  । समितिले सबैभन्दा पहिला शुरू गरेको ओरेण्टल सहकारीको छानविन सर्वोच्च अदालतको आदेशले रोकिएको छ । यसबाहेक छानविन अघि बढेको सोसाइटल र लुःनिभाको पनि दायित्व फरफारक सकिएको छैन । त्यसबाहेकका सहकारीको सामान्य छानविनमात्र अघि बढाइएको समितिले जानकारी दिएको छ । सरकारले स्ट्यान्डर्ड, प्यासेफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुवेर, चार्टर, भेगास बचत तथा ऋण र स्ट्यान्डर्ड मल्टिपर्पोज सहकारीलाई समस्याग्रस्त घोषणा गरेर दायित्व फरफारक गर्न समितिलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित सामग्री

पोखरामा जीबी राईको सहकारीविरुद्ध उजुरी दिन प्रहरीको सूचना

४ भदौ, काठमाडौं । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध बचतकर्ताहरूलाई उजुरी दिन प्रहरीले सूचना जारी गरेको छ । यो सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो । पोखरा महानगरपालिका वडा नम्बर ४ नालाकोमुखमा रहेको सहकारीका सञ्चालक […]

बिजुली किन्न भारत थप कठोर, माग्दैछ ऋण दिने बैंकका लगानीकर्तासम्मको विवरण

१ साउन, काठमाडौं । नेपालमा उत्पादित बिजुली किन्न भारत थप कठोर बन्ने देखिन थालेको छ । विद्युत निर्यातका लागि प्रस्तावित जलविद्युत आयोजनाहरूमा ऋण लगानी गरेका नेपालका  बैंक तथा वित्तीय संस्थाका लगानीकर्तासम्मको असम्बद्ध विवरणहरू समेत मागेर भारत सरकारले  थप व्यवधान खडा गरेको हो । भारतले यसअघि आयोजना प्रवर्द्धक कम्पनीको  इक्विटीको विवरण मात्रै मागिरहेको थियो । अब […]

कीर्ते जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्कविहीन

राजविराज । सप्तरीस्थित एनआईसी एसिया बैंक राजविराज शाखाले कीर्ते जग्गाधनी खडा गरी पौने ३ करोड रुपियाँ ऋण दिएको खुलासा भएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक सन्तोषकुमार यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो । प्रबन्धक यादवले कीर्ते जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपियाँ ऋण स्वीकृत गरेको नेपाल […]

भरतपुरका पाँच सहकारी समस्यामा, नक्कली ऋणी खडा गरेर अध्यक्षले गरे रकम हिनामिना

चितवन : भरतपुर महानगरपालिकाभित्र सञ्चालित पाँच सहकारीमा समस्या देखिएको छ। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो। महानगरको क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ। सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले बताए। यस्तै

नक्कली व्यवसायी बनाएर ऋण दिएको भन्दै तीन सहकारीलाई कारबाही गर्न सिफारिस

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकमको दुरुपयोग गरेको र मनलाग्दी झुटा व्यवसाय खडा गरी ऋण प्रवाह गरेको भन्दै तीन सहकारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

महिला लघुवित्तका कर्मचारीद्वारा गरिब महिलाको ४० लाख कर्जा अपचलन

महिला लघुवित्त वित्तीय संस्थाका केही कर्मचारीहरूले किर्ते ऋणी खडा गरेर लगानी देखाएको, ग्राहकले चुक्ता गरेको ऋण कार्यालयमा दाखिला नगरेको भेटिएको छ । दुई वर्षअघिको यस्तो घटनामा गरिब महिलाहरूको ४० लाख अपचलन...

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

सहकारीलाई हचुवामा ब्रान्ड

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ। नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन÷तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँ