सामसङसँग प्रतिस्पर्धा गर्न सोनी र पानासोनिकले खडा गरेको जेओएलईडी कम्पनी टाँट पल्टियो

काठमाडौं । दक्षिण कोरियाली व्यापारिक घराना सामसङसँग प्रतिस्पर्धा गर्न पानासोनिक र सोनीले खडा गरेको कम्पनी टाँट पल्टिएको छ । पानासोनिक र सोनीले अर्गानिक लाइट–इटिङ डियोड डिस्प्ले (ओएलईडी)लाई गाँभेर बनाइएको कम्पनी जेओएलईडी टाँट पल्टिएको हो । सोमवार कम्पनीले टोकियो जिल्ला अदालतमा आफू टाँट पल्टिएको भन्दै अदालती संरक्षण माग्दै निवेदन दिएको छ ।  कम्पनीको कूल ३३ अर्ब ७० करोड येन (२५ करोड ७० लाख डलर) ऋण छ । जापानको डिस्प्ले उद्योग ओरालो लागेपछि यसको समस्या जेओएलईडीमा पनि पोखिएको हो । सामसङ र चिनियाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न कम्पनीमा बारम्बार पुनःसंरचना र हेरफेर गरिएको थियो ।  तर, कम्पनीले ठूला ओएलईडी प्यानलको विकास मात्रै होइन, न्यून मूल्यमा यिनीहरुको उत्पादनमा नै समस्या भोग्यो । व्यवसाय टिकाउनै नसक्ने, अस्तित्वलाई जोगाउनै नसक्ने भए पनि कम्पनीले अदालतको शरणमा पुगेको हो ।  डिस्प्ले उत्पादन व्यवसायबाट हात झिकेको अनि जापानको इशिकावा र चिबा प्रिफेक्चरमा रहेका दुई कारखानाहरू बन्द गर्ने कम्पनीले बताएको छ । कम्पनीले ओएलईडी प्यानलहरू सबै बेच्दैछ । यी कारखानामा झन्डै ३८० जना कर्मचारीहरू कार्यरत् भए पनि २८० जनालाई निकालिने बताइएको छ ।  ओएलईडीको माग घटेकै अवस्थामा बजारमा प्रतिस्पर्धा चर्किएपछि कम्पनीलाई टिक्नै सकस भएको हो । कम्पनीको पूर्वशेयरधनी एवम् जापान डिस्प्ले इंकले कम्पनीको प्रविधि विकास व्यवसाय टेकओभर गर्ने भएको छ । कोभिडको महामारी र अन्य कठिनाइहरूले जेओएलईडीका मास प्रडक्शनमा ढिलाइ भयो । त्यसपछि विश्वभर उत्पन्न चीप अभावका कारण कम्पनी थलियो । सन् २०२२ को मार्चसम्ममा कम्पनीको ऋण सम्पत्तिभन्दा बढी भइसकेको थियो । सरकारी कोष आईएनसीजेले ठूलो परिमाणमा पैसा खन्याएको भए पनि जेओएलईडीले आफ्नो अस्तित्व जोगाउन सकेन ।  उक्त कोषले कम्पनीलाई १ खर्ब ४० अर्ब वित्तीय सहायता दिएको थियो । सन् २०१५ मा एशियाली प्रतिस्पर्धी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न भन्दै जेओएलईडी पानासोनिक, सोनी, आईएनसीजे र जापान डिस्प्लेले मिलेर जेओएलईडी खोलेका थिए । एजेन्सी  

सम्बन्धित सामग्री

मधेसका कतिपय सिटमा प्रतिस्पर्धा

काठमाडौं ।  आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न अर्को गठबन्धन गरेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनता समाजवादी पार्टीबीच धेरै क्षेत्रमा असमझदारी देखिएको छ । जसपाको प्रभाव भएको क्षेत्रमा एमालेका स्थानीय नेताहरूले बागी उठ्ने उठाउने गरेको आरोप लगाउँदै जसपाले पनि आफ्ना उम्मेदवार खडा गरेको जसपाका केन्द्रीय नेताहरूले बताएका छन् । तराई–मधेस जसपाको पकड भएको […]

प्रेस युनियनको नेतृत्व हत्याउन संस्थापन  र इत्तर पक्षबीच कडा प्रतिस्पर्धा

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।  युनियनको भावी नेतृत्वका लागि संस्

प्रेस युनियनको महाधिवेशन आज सुरु हुँदै, को-को भिड्दैछन् ?

हेटौडा – नेपाल प्रेस युनियनको ९औँ राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो । झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका […]

उपत्यकाका स्थानीय तहमा दलित महिला सदस्य : २६ वटा खाली, १६ वटामा निर्विरोध

१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका २१ स्थानीय तहका २६ वटा वडामा दलित महिला सदस्य खाली हुने भएको छ । ती वडामा कसैले पनि प्रतिस्पर्धा गरेका छैनन् । दलहरुले दलित महिला सदस्य उम्मेदवार खडा गर्न नसक्दा ती वडाहरु दलित महिला प्रतिनिधित्वविहीन बनेको छ । उपत्यकाका स्थानीय तहका १६ वटा वडामा एकजनाका दरले मात्रै प्रतिस्पर्धा हुँदा […]

ललितपुर र वीरगञ्ज महानगर : प्रतिस्पर्धी उही, एमालेलाई हम्मेहम्मे

काठमाडौं : वैशाख ३० गतेको स्थानीय निर्वाचनमा ललितपुर र वीरगञ्ज महानगरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। ०७४ को निर्वाचनकै उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदामान उत्रिएकाले परिस्थिति बेग्लै भएपछि कडा प्रतिस्पर्धा हुने देखिएको हो। ललितपुर महानगरको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रूपमा कांग्रेसका चिरिबाबु महर्जनलाई अगाडि सारेको छ। ०७४ कै निर्वाचनमा महर्जनका मुख्य प्रतिस्पर्धी रहेका एमालेले हरिकृष्ण व्यञ्जनकारलाई खडा गरेको छ।  ललितपुर महानगरमा कांग्रेस र एमाले

दलगत प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गर्न निर्वाचन

दाङ – विद्यालय व्यवस्थापन समितिको सदस्य चुन्न दलगत प्यानल निर्माण गरेर अभिभावकबीच प्रतिस्पर्धा गर्न थालिएको छ। दाङमा सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गर्न संसदीय निर्वाचनझैँ मतदानमार्फत सदस्य चयन गर्न थालिएको हो। लमही नगरपालिका–५ स्थित खिमबहादुर शाह माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य चुन्न प्यानल निर्माण गरेर मतदान गरिएको छ। अभिभावकको तर्फबाट चुन्नुपर्ने चार जना सदस्यका लागि […]

सुनसरीमा सभापतिका लागि श्रेष्ठ र भण्डारीबीच प्रतिस्पर्धा

गुटगत रुपमा प्यानल खडा गरेर जिल्लाका निम्ति मतदातासमक्ष भोट माग्न व्यस्त भएका छन्। नेपाली काँग्रेसको गाउँ/नगरको अधिवेशनबाट सुनसरीमा १२ वटा स्थानीय तह रहेकोमा ११ वटामा सकिएको छ।...

दीपक–जितुको अघि ‘मह जोडी’को सुझाव–‘प्रतिस्पर्धा नगरौं’

निर्देशक दीपाश्री निरौलाले ‘महानायक’को बिषयमा दिएको एक अभिव्यक्तिपछि यसले ठूलो विवाद खडा गर्यो । यही विवादका कारण दीपाश्री जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी शो’बाट बाहिरिइन् । यसपछि भने जितुको सम्बन्ध ‘छक्का पन्जा’ टिमसँग चिसियो । दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग उनको सम्बन्ध विग्रिएको र टिमबाट पनि बाहिरिएको खबर सार्वजनिक भयो । […]