कीर्ते जग्गामा पौने ३ करोड ऋण, प्रबन्धक सम्पर्कविहीन

राजविराज । सप्तरीस्थित एनआईसी एसिया बैंक राजविराज शाखाले कीर्ते जग्गाधनी खडा गरी पौने ३ करोड रुपियाँ ऋण दिएको खुलासा भएको छ । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक सन्तोषकुमार यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो । प्रबन्धक यादवले कीर्ते जग्गा र सो जग्गाका जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपियाँ ऋण स्वीकृत गरेको नेपाल […]

सम्बन्धित सामग्री

निर्माण व्यवसायी सम्पर्कविहीन

धान फल्ने खेतमा ढुङ्गा थुपारेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन् । सिगास गाउँपालिका जाने मूल सडक सुधार गर्न एक करोड रुपियाँको ठेक्का हात पारेका ठेकेदार फरार भएका हुन् । सडक सुधारका नाममा खेतमा ढुङ्गा फालेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सिगास–३, सिन्याखेतबाट गाउँपालिका केन्द्र गर्जे जाने २१ किलोमिटर सडक सुधार गर्न एक करोड रुपियाँमा ठेक्का लगाइएको थियो । ठेकेदारले सडक सुधारको काम अधुरै छाडेर उल्टै स्थानीयको खेतमा ढुङ्गा फालेर सम्पर्कविहीन भएको स्थानीय घनश्याम धामीले बताउनुभयो । यस विषयमा पालिकालाई कुनै जानकारी नआएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । “सम्झौता अनुसारको काम गर्न ठेकेदारलाई पत्राचार गरेका छौँ,” प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, “सम्झौता अनुसारको काम नगरे ठेक्का तोडेर धरौटी जफत गर्ने प्रक्रियामा जान्छौँ ।”

१० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निर्माणाधीन भवन अलपत्र परेको छ । १० करोड भुक्तानी लिएर निर्माण व्यवसायी अर्जुन दहाल सम्पर्क विहीन भएपछि निर्माणाधीन भवन अलपत्र परेको हो । अस्पतालको ओपिडी भवनको माथिल्लो तला थप्नका लागि रबिना एण्ड अभिषा जेभी काठमाण्डौले ११ करोड ३४ लाख ३३ हजार १ सय १८ रुपैयाँमा ठेक्का लिएको थियो । […] The post १० करोड ठेकदार सम्झौता गरेर निर्माण व्यवसायी सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निवेदन छाडेर किन सम्पर्कविहीन भए मिटरब्याजपीडित?

चितवन : जिल्लामा अनुचित लेनदेन (मिटरब्याजी) बाट पीडित भएँ भनेर निवेदन दिएकामध्ये १७ जना सम्पर्कमा नआएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उजुरी परेकामध्ये ७० वटा निवेदनमा छलफल भएको छ।जसमध्ये २१ वटा निवेदनको सहमति भइसकेको छ भने १७ जना निवेदक सम्पर्कमा नआएका हुन्। उनीहरूलाई पटकपटक सम्पर्क गर्दासमेत सम्पर्कमा ल्याउन नसकिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिए।उनका अनुसार मिलापत्र भएका निवेदकबाट तीन करोड १५ लाख ५९ हजार ८५० पीडितले माग गरेको भए पनि तीन करोड १३ लाख

खारा खोलामा पुल निर्माण ढिलाइ,निर्माण व्यवसायी सम्पर्कविहीन

छेडागाड नगरपालिका–१ र ५ जोड्ने खारा खोलामा पुल निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी नेपाल मेगा सिस्ने जेभी नेपालगन्जले समयमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भएको हो । २०७८ साउन २९ गते ठेकेदारले चार करोड ८८ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको थियो । २०८० माघभित्र निर्माण कार्य पूरा गरी […]

वैदेशिक रोजगारीमा पठाउन साढे ३ करोड ठग्ने वृद्ध पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट साढे ३ करोड रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटका ६८ वर्षका सिताराम बास्तोला पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।उनले १०१ जनालाई रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाइदिन्छु भन्दै जानका लागि प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने भन्दै पटक पटक गरि ३ करोड ५६ लाख ८ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्

अस्पतालको काम छाडेर ठेकेदार सम्पर्कविहीन

रामेछाप – भवन निमार्णकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्याकाे दोरम्बा अस्पतालको निमार्ण काम एक वर्षदेखि अलपत्र परेको छ । दोरम्बा अस्पताल भवन निमार्ण गर्न आरोग्य सुवेदी जेभी कम्पनीले भ्याट र पीएससहित ११ करोड ३० लाख ११ हजार रुपैयाँमा २०७८ सालकाे चैत १६ गतेसम्म सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले २ करोड २६ लाख रुपैयाँ निकालेर भवनको जग र पिलर हाल्ने काम गरेपछि बीचमै...

सडकभरि छाडा चौपाया, झण्डै आधा करोडमा बनाइएको गौशाला उपयोगविहीन

राजेन्द्र भट्ट/ भीमदत्त नगरपालिकाले छाडा चौपाया न्यूनीकरणका निम्ति करिब आधा करोड लगानीमा निर्माण गरेको गौशाला अहिले बाँझो अवस्थामा रहेको छ। सम्झौता भएको केही समयमा ठेकेदार सम्पर्कविहीन भएपछि गौशाला नगरपालिकाका लागि घाँडो झै भएको छ। त्यतिमात्र होइन, भीमदत्त नगरपालिकाले गौशालास्थल बनाउन लिएको जग्गाको वार्षिक भाडासमेत तिर्नुपरिरहेको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले छाडा चौपायाको समस्या विकराल बनेपछि […]

मदिरा व्यापारीको परिवारै एकाएक सम्पर्कबिहीन

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ। काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन्। अग्रवाल परिवारकै महिला सदस्यले माइतीपरिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन्। अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोड भन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क...