अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी) का सन्दर्भमा देशमा चर्को बहस भइरहेको छ । यस सन्दर्भमा माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले भने खासै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, विहीबार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले एमसीसीबारे मुख खोलेका छन् ।मन्त्री शर्मा आवद्ध पार्टी नेकपा माओवादी केन्द्रले संशोधनविना एमसीसी पारित गर्न नहुने संस्थागत निर्णय नै गरिसकेको अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन् । यो स्थितिमा