वकिलले १० कराेड घुस मागेकाे अडियो बाहिरिएपछि बाेलाइयाे न्याय परिषद् बैठक

काठमाडाैँ- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसाे १:३० बजे बस्नेछ। काठमाडाैँ जिल्ला न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसाेसिएसनका पूर्वकाेषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको हाे। न्यूज २४ टेलिभिजनले काेइराला र पाेखरेलबीचकाे करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

सरकारबाहिर हुँदा कानुनीराज, मन्त्री बनेपछि धनराजको ‘राज’

तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद् बैठक राख्दा पनि परिषद् सदस्य रहेका मन्त्रीले बैठक छले ।

न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो । हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ […] The post न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उनका तर्फबाट सरकारका […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।  आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

न्याय परिषद् बैठक : कोइराला र पोखरेल संबादबारे तीन सदस्यीय छानबिन समिति गठन

न्याय परिषदको बैठक सकिएको छ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच  भएको संवादबारे  छानबिन गर्न रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको कानूनमन्त्री गोबिन्द बन्दीले जानकारी...

न्यायाधीश नियुक्ति गर्न बोलाइएको न्याय परिषद् बैठक स्थगित

काठमाडौँ- न्यायाधीश नियुक्ति गर्न सोमबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले  सोमबारका लागि तय गरेको बैठक स्थगित भएको हो। परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित […]

न्याय सेवा आयोगको बैठक किन स्थगित गरियो ?

८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै […]

न्याय सेवा आयोगको बैठक स्थगित

बुधबार बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

वरिष्ठतम् न्यायाधीशबाट न्याय परिषद् बैठक ‘बहिष्कार’

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सर्वोच्च अदालत आउन छाडेको दुई दिन भयो । आइतबार सर्वोच्च अदालत आएका कार्की सोमबारदेखि अदालत आउन छाडेका हुन् । उनले कारण नखुलाए पनि उनी घरबिदामा बसेको सर्वोच्च स्रोतले बताएको छ । तर वरिष्ठतम् न्यायाधीश कार्की ‘घरबिदा’ बस्नुपर्ने अवस्था अकस्मात् किन आयो भन्ने प्रश्नको उत्तर खोज्न त्यसको ठीक अघिल्लो दिनको घटनाक्रम हेर्नुपर्छ ।माघ ११ गते आइतबार न्यायपरिषद्को बैठक बसेको थियो । र, उक्त बैठकले रिक्त रहेको तीन मुख्य न्यायाधीशमा सर्वोच्च अद