मुस्कान खातुनको ‘बायोपिक’ का लागि वीरगञ्ज महानगरको पाँच लाख सहयोग

२० पुस, वीरगञ्ज । एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । चलचित्र ‘मुस्कान’ का लागि नगरप्रमुख विजयकुमार सरावगीले मंगलबार फिल्म निर्माता रमित ढुंगानालाई पाँच लाखको चेक हस्तान्तरण गरे । रमित ढुंगाना फिल्म प्रडक्सन प्रालिले एसिड आक्रमण घटनासँग जोडेर मुस्कानको बायोपिक […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाइल एप्लिकेशन ल्याउने

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । द एशिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । क्लिन […]

पत्रकार सर्राफको परिवारजनलाई वीरगञ्ज महानगरको ५ लाख आर्थिक सहयोग

वीरगञ्ज महानगरपालिकाले पत्रकार नरेश सर्राफको परिवारजनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पत्रकार सर्राफको गत मंसिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

वीरगञ्ज महानगरद्वारा आर्थिक सहयोग हस्तान्तरण

पुस ४, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले विभिन्न क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरका प्रमुख विजयकुमार सरावगीले यस्तो सहयोग हस्तान्तरण गरेका हुन् ।  नगर प्रमुख सरावगीले लायन्स क्लबले उपलब्ध गराएको १ लाख अमेरिकी डलर र वीरगञ्ज महानगरको ४७ लाख रुपैयाँको लगानीमा स्थानीय श्रीपुर बिद्यापीठ माविमा निर्माण हुन लागेको वहुउद्देश्यीय हल निर्माणका लागि चेक हस्तान्तरण गरेका छन् । महानगरले आर्थिक रुपमा विपन्नहरूको आँखाको निःशुल्क उपचारका लागि पनि आर्थिक सहयोग प्रदान गरेको छ । नगरस्तरीय बजेटबाट विपन्न व्यक्तिहरूको अँखाको निःशुल्क शल्यक्रिया गर्न ५ लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख सरावगीको सचिवालयले बताएको छ । नगर प्रमुख सरावगीले आफ्नो तलव भत्ताबाट सञ्चालन गरेको मेयर कल्याणकारी कोषबाट चार जना जेहेन्दार तथा विपन्न छात्रछात्रालाई अध्ययनका लागि सहयोग गरेका छन् । उनले  चार जना विद्यार्थीलाई चेक हस्तान्तरण गरेका हुन् ।

एसिडपीडित मुस्कान खातुनलाई थप ५ लाख सहयोग

वीरगञ्ज- प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका […]

मुस्कान खातुनको उपचारका लागि वीरगञ्जका मेयरले गरे दुई लाख रुपैयाँ सहयोग

पर्साको वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् ।

मुस्कानलाई मेयर कल्याणकारी कोषबाट २ लाख सहयोग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् । मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताइएको छ ।

सञ्चार माध्यमलाई सोलार जडानमा प्रदेश सरकारले सहयोग गर्ने

१६ साउन, वीरगञ्ज । प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ । प्रदेश नं २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् । विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई वैकल्पिक उर्जा सहयोग गर्ने सोच आफूले बनाएको […]

वीरगञ्ज महानगरको राहत कार्यक्रमलाई शिवशक्ति उद्योगको सहयोग

जेठ १९, वीरगञ्ज । वीरगञ्ज महानगरले कोरोना महामारीको समयमा सञ्चालन गरेको राहत कार्यक्रमलाई शिवशक्ति उद्योगले खाद्यान्न सहयोग गरेको छ । सो उद्योगले महानगरपालिकालाई पौने ७ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सहयोग गरेको हो ।  कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा विपन्न परिवारलाई निःशुल्कखाना कार्यक्रममा महानगरले सहयोग पु¥याउँदै आएको छ । यो कार्यक्रमका लागि उद्योगले महानगरलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।  उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले महानगरका प्रमुख विजयकुमार सरावगीलाई नौ मेट्रिक टन चामल, एक मेट्रिकटन दाल, १०० लिटर तेल हस्तान्तरण गरेका छन् । नगरप्रमुख सरावगीले महामारीले निम्त्याएको अहिलेको संकटमा अरूको मुख ताकेर नहुने बताए । सबैले आफूले सकेको सहयोग गरेमा महामारीको सामना सहज हुने उनको भनाइ थियो ।  महानगर क्षेत्रमाविभिन्न संघसंस्थाले निःशुल्क भोजन वितरण गर्दै आएका छन् । महानगरले ती संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराइरहेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए । स्वयमसेवी संस्थाहरूलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्री उपलब्ध गराउँदै आएको उनले बताए ।

नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२ जेठ, वीरगञ्ज । नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरिएको छ । चर्चित अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका हुन् । कोरोना संक्रमितको उपचार गरिररहेको वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताल हो । अस्पतालले १४५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ […]