कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा चार अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरमा थप ६ जना र धरानमा १ जना गरि सातजनाको पछिल्लो २४ घण्टाको अवधीमा मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा एकजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजनाको मृत्यु भएको हो ।नोवेल मेडिकल कलेजमा उर्लाबारी– १ की ६६ वषीय महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका– १० की ६९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।