सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ ।
सांसद लेखनाथ दाहाल राजनले आज बिहीवार एक कार्यक्रमका बीच बेसको उद्घाटन गर्नुभएको हो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।
काठमाण्डाैबाट झन्डै दुई सय १० किलोमिटर बर्दिवाससम्मको वीपी राजमार्गमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापना बेस ...