११ महीनामा ९ लाख पर्यटक

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट वक्तव्यमा सन् २०२३ मा १० लाख पर्यटक ल्याउने घोषणा गरेको थियो । सरकारको उक्त लक्ष्य प्राप्त हुने देखिएको छ ।  पर्यटकीय सिजनका २ महीना निरन्तर लाखभन्दा बढी पर्यटक आउँदा र अन्य महीनामा पनि आगमन सन्तोषजनक हुँदा १० लाखको लक्ष्य भेटिने देखिएको हो । सन् २०२३ को नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । अक्टोबरमा यस्तो संख्या १ लाख १७ हजार ३०६ थियो । सन् २०२३ को नोभेम्बरसम्ममा ९ लाख १८ हजार ३०८ पर्यटक नेपाल आएका छन् । कोेभिड–१९ मत्थर हुँदै गर्दाको वर्ष सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १४८ पर्यटक आएका थिए । वर्ष २०२२ मै ६ लाखभन्दा बढी पर्यटक आएको पृष्ठभूमिमा सरकारले लक्ष्य नै कम राखेको हुँदा यसपालिको आगमनबाट धेरै खुशी हुने अवस्था नभएको सरोकारवालाले बताएका छन् । सरकारले लक्ष्य नै हास्यास्पद राखेपछि नभेटिने भन्ने नै नहुने नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।  पहिलाभन्दा हवाई पूर्वाधारदेखि होटेल सेवा र अन्य पक्षमा पनि सुधार र क्षमता विकास हुँदै गएको अवस्थामा सरकारले कम लक्ष्य राखेको उनले बताए । ‘विगतमा आइरहेको पर्यटक संख्याभन्दा कम लक्ष्य राख्ने र अनि प्राप्त भयो भनेर खुशी हुनुको कुनै अर्थ छैन,’ जोशीले भने, ‘कोभिड अगाडिको वर्ष सन् २०१९ मै १२ लाख पर्यटक आएका हुन्, हामीले अलिकति मात्रै प्रयास गरेको भए पनि यो वर्ष १५ लाख पर्यटक ल्याउन सकिने अवस्था हो ।’  सन् २०२० मै २० लाख पर्यटक नेपालमा ल्याउने लक्ष्य राखिएको थियो । सन् २०११ मै पनि सरकारले १० लाख पर्यटक ल्याउने घोषणा गरेको थियो ।  सरकारले प्रयास नै नगर्दा पनि यो संख्यामा पर्यटक आएको भन्दै पर्यटन व्यवसायीले निजीक्षेत्रको पहलले मात्रै उच्च संख्यामा पर्यटक आउन नसक्ने बताए । देशको क्षमता कति छ र अहिले कुन अवस्थामा छौं भन्ने विषय मूल्यांकन नगरी राखिएको लक्ष्य हासिल गर्न सरकारले खासै मेहनत नगरेको सरोकारवाला बताउँछन् ।  कोभिडको प्रभाव नरहेको, विमानस्थलको क्षमता थपिएको लगायत कारण पनि पोहोरको तुलनामा पर्यटक बढेका हुन् । अहिलेकै अवस्था रहे सन् २०२४ मै १२ लाख पर्यटक नेपाल भित्त्याउन सकिने जोशीको भनाइ छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने १० लाख पर्यटक भित्त्याउने लक्ष्यका लागि खासै काम नभएको बताए । २/३ ओटा देशमा मात्रै केही प्रचारप्रसारका कार्यक्रम गरिएको उनको भनाइ छ ।  सन् २०१९ को नोभेम्बरमा १ लाख ३० हजार ३०२ पर्यटक नेपाल आएका थिए । सन् २०२२ को नाभेम्बरमा ७२ हजार ६५३ जना आएका थिए । कोरोनाको शुरू वर्ष सन् २०२० मा यो संख्या १ हजार ९५६ मात्र थियो । यो वर्षको नोभेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट नोभेम्बरमा २४ हजार ४४३ पर्यटक आएका छन् । भारतपछि क्रमश: अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ र बेलायतबाट ६ हजार १३८ पर्यटक आएको तथ्यांक छ । 

सम्बन्धित सामग्री

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भिœयाउने लक्ष्य राखेको छ।...

पौने ४ लाख पर्यटक भित्रिए

काठमाडौं । सन् २०२२ को जनावरीदेखि अक्टोबरसम्मको १० महिनामा पौने ४ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार ५ सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । तथ्यांकअनुसार अक्टोबरमा मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमनको दर […]

१० महिनामा १० लाख पर्यटक

काठमाडाैं । पछिल्लो १० महिनायता नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल आएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार अक्टोबरमा मात्र ८८ हजार ५ सय ८२ पर्यटक नेपाल आएका हुन् । सेप्टेम्बर महिनामा ५८ हजार ३ सय १४ पर्यटक भित्रिएका […]

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ,१९ साउन । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका […]

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएक

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।...

१० लाख पर्यटक भित्र्याउने

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले उक्त संख्यामा पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने भन्दै स्थानीय तहको साझेदारीमा २१६ स्थानमा पर्यटक पदमार्ग बनाउने जानकारी दिए ।

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे

काठमाडौँ – श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा त्यहाँ यस वर्षको अहिलेसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । त्यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । गत नोभेम्बर महिनामा मात्र ४१ हजार १७७ जना पर्यटक […]

४३ वर्षमा साढे तीन लाख पर्यटक

रसुवा, भदौ १८ । गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसारआर्थिक वर्ष २०३५/३६ देखि गएको असार मसान्त सम्ममा तीन लाख ४५ हजार३ सय १६ पर्यटक भित्रिएका हुन्। यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्ष अघिसम्म विदेशी र सार्क राष्ट्रका नागरिकलाई प्रवेश […]