काठमाण्डाै – कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आयोजना कार्यान्वयन गर्न पर्नुको कारणबारे रिटको विपक्षी अर्थात् सरकारसँग जवाफ माग गरेको हो ।
अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले परियोजना कार्यान्वयन नगर्न माग गर्दै गएको असार १८ गते सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । आज न्यायाधीश केसीको इजलासले साउन ४ गते यो मुद्दामा अर्को सुनुवाइ हुने...