सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् । अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् ।बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए । ‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेश