आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन […] The post आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए : माधव नेपाल

१५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विना शर्त एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सभामुख हटाउने, १४ सांसदलाई हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग फिर्ता लिने शर्तमा ओली एमसीसी पारित गर्न तयार भएको टिप्पणी गरेका […]

मन्त्रिपरिषदले पारित गर्‍यो एमसीसी माथिको व्याख्यात्मक घोषणा

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) को व्याख्यात्मक घोषणा पारित गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरेर पारित गरेको एक मन्त्रीले इमेजखबरलाई जानकारी दिए । आइतबार प्रतिनिधि सभामा एमसीसी माथि सैद्धान्तिक छलफल सकिए लगत्तै प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक […]

विरोधकाबीच सरकारले संसदमा एमसीसी पेश गर्नुलाई कुन रुपमा लिन सकिन्छ ?

संसद देखि सडकसम्म सत्तारुढ दलहरुकै विरोधकाबीच आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गरिएको छ । संसदमा दर्ता भएको ३२ महिनापछि एमसीसी स‌ंसदीय प्रक्रियामा प्रवेश गरेको हो ।अब एमसीसीको यसको छिनोफानो स‌ंसदीय प्रक्रियाबाट नै हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने संसदबाट एमसीसी पारित हुनेमा ढुक्क देखिन्छन् ।

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल,

एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

साढे दुई वर्षपछि आज एमसीसी संसद बैठकमा पेस हुँदै

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ । संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबबार बैठकमा सो प्रस्ताव पेस गर्न लागिएको हो । बालुवाटारमा आइतबार बिहान बसेको पाँँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति […] The post साढे दुई वर्षपछि आज एमसीसी संसद बैठकमा पेस हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

साढे दुई वर्षपछि एमसीसी संसद्‌मा पेस हुँदै

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो । आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा […]

एमसीसी टेबल गर्ने निर्णयप्रति खनालको असहमति

काठमाडौँ । नेता झलनाथ खनालले आइतबार (आज)को संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन् ।

आज प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।  सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन ।